spot_img

Monday, July 15, 2024

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदै

असार ४ , काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय धयालेन्डर छ ।

गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार