spot_img

Thursday, July 18, 2024

टी-२० विश्वकप २०२४ मा पूरै ४ ओभर (२४ बल) मेडन राख्ने पहिलो खेलाडी लोकी फर्गुसन

असार ४, काठमाडौँ ।  न्युजिल्यान्डका फास्ट बलर लोकी फर्गुसन टी-२० विश्वकपमा पूरै ४ ओभर (२४ बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध  ४ ओभरमा ३ विकेट लिँदै एक रन पनि नदिई लोकी फर्गुसनले यो कीर्तिमान बनाएका हुन् ।

आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए । फर्गुसन टी-२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी हुन् । जाफरले सन् २०२१ मा पनामाविरुद्ध ४ ओभरमा २ विकेट लिएर कुनै रन खर्चेका थिएनन् ।

समूह सी को अन्तिम खेलमा ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको  पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अल आउट भयो । ट्रेन्ट बोल्ट, टिम साउदी र ईश सोढीले २–२ विकेट लिए । न्युजिल्यान्ड अफगानिस्तान र वेष्टइण्डिजसँग हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार