spot_img

Thursday, July 18, 2024

मुकु सुवेदीको नयाँ लोक गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक

असार ३, काठमाडौँ । मोडल तथा कलाकार मुकु सुवेदीको नयाँ लोक गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकैनै भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत मुकु सुवेदी च्यानलबाट सार्वजनिक भएको हो ।

यसअघि पनि  चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् ।कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ले गरेका छन ।

गितमा गायक अर्जुन सापकोटा, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाको अभिनय रहेको छ । गितमा दिपक बिष्टको सम्पादन ,रक कौशलको छायांकन रहेको छ भने जेरि भण्डारिले निर्देशन गरेका हुन । मुकु सुवेदीको यूटुव च्यानलमा ‘डालीमा बसेछ चरी गीत को भिडियो सार्वजनिक भएको छ । यो समाचार तयार पार्दा सम्म गित युट्युब ट्रेन्डिङ को २८ औ स्थानमा रहेको छ ।

https://www.youtube.com/watch?v=tuRNV9RPjqQ

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार