spot_img

Thursday, July 18, 2024

आइसीसी टी-२० विश्वकप : बङ्गलादेशसँग नेपाल २१ रनले पराजित

असार ३ काठमाडौँ।  आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग नेपाल २१ रनले पराजित भएको छ ।

किङ्सटाउनमा सोमबार बिहान  बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले २७ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले २५ र ओपनर आशिफ शेखले १७ रन बनाउनुभयो । अन्य ब्याटसम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशका तानजिम हसन सकिवले चार विकेट लिनुभयो । मुस्ताफिजुर रहमानले तीन, सकिव अल हसनले दुई तथा तास्किन अहमेदले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । बङ्गलादेशका लागि सकिव अल हसनले १७ रन बनाउनुभयो ।

यस्तै महमुदुल्लाह र रिसद हुसेनले १३/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाउनुभयो । ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट हुनुभयो । अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्नुभएको छ । उहाँले चार ओभरमा १७ रन खर्चिएर विकेट लिनुभएको हो ।

यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो ।

नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार