spot_img

Thursday, July 18, 2024

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग

जेठ ३१ ,काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गर्नुभएको हो ।

उहाँले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी  र बोडेलगायतका किसानहरुले १० किलोभन्दा बढी मल नपाएको बताउनुभयो ।

सांसद परियारले ‘‘सरकार मलको अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गर्नुभयो । उहाँले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कृषि उत्पादन बढाउनका लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार