spot_img

Monday, June 17, 2024

जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरमा सुरु

 जेठ २८,जनकपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।

महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने एक लाख कार्याकर्ता पनि महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार