spot_img

Monday, June 17, 2024

नेपाल कम्युनिष्ट पार्टी एमाले गैँडाकोट नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु

जेठ २५,गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गैँडाकोट नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशन शुक्रबार बाट सुरु भएको छ ।

फेमिली पार्टी प्यालेसमा भएको भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज मनाकुमारी के.सीले नेकपा एमाले इमान्दारीतामा साथ लागैकै कारण देशका अधिकांश नागरिकलाई एमाले पार्टी प्रति गर्व लाग्ने गरेको छ । नेकपा एमालेलाई जिवन्त बनाउन किसान, महिला, मजदुर लगायतको संघर्षका कारण समाजमा एमालेले अमुल्य छाप स्थापित गर्न सकेको नेतृ केसीले बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलक महतले पार्टीलाई मजबुत बनाउन कार्यकर्ता पनि इमान्दर हुनुपर्ने बताउनुभएको छ ।

गैँडाकोट नगर कमिटिका कार्यवाहक अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नवलपुर जिल्ला कमिटि अध्यक्ष जिवन श्रेष्ठ, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पदमा जि.सी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक अधिकारी, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रविन्द्र अधिकारी, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य कृष्णप्रसाद पौडेल, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु छत्रराज पौडेल, गोपेन्द्र केशरी न्यौपाने, देवकला वराल, टंकमणी शर्मा लगायतले नगर अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

 

कार्यक्रमको सहजीकरण गैँडाकोट नगरकमिटिका कार्यवाहक सचिव श्रीराम सुवेदीले गर्नुभएको थियो ।

नेकपा एमालेको नगरअधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव सहित अन्य सदस्यहरु अधिवेशनबाट निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार