spot_img

Monday, June 17, 2024

गैँडाकोट वडा नम्बर ६ मा साबुन ,हर्पिक र फिनेल बनाउने तालिम सुरु/ महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता

जेठ २५, गैंडाकोट (नबिन सुबेदी)। सिप सिकौँ, उद्यमी बनौँ भन्ने नारा सहित वडाले शुक्रबारबाट साबुन ,हर्पिक र फिनेल बनाउने तालिम सुरु गरेको हो । गैँडाकोट वडा नम्बर ६ को आयोजनामा भएको तालिम नमुना शिबनगर खानेपानीको सभाहलमा यहि जेठ २७ गते गतेसम्म चल्ने छ । तालिममा करिब १३० जनाको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट ६ का वडा अध्यक्ष सुबास चापागाईले सिकेको सिपलाई व्यवहारमा लागू गरी त्यसलाई व्यवशायिक रुपमा बनाउन अनुरोध गर्नुभएको छ। उहाले भन्नुभयो सीप सिकेर कुनै न कुनै तरिकाले कार्यान्वयन गर्नुपर्छ गरेपछि के हुँदैन ? तालिम लिइसकेपछि त्यो तालिमलाई उपयोगमा ल्याउनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ।

कार्यक्रममा बोल्दै प्रशिक्षक सुस्मिता थापामगरले यति धेरै महिला दिदीबहिनीहरूको यो उत्साहजनक सहभागिताको लागि खुसी व्यक्त गर्नुभयो । वडाध्यक्षज्यूले वडालाई कसरी महिलाहरुलाई उद्यमशीलता गराउने र युवालाई कसरी स्वरोजगार गराउने भन्ने हेतुले गरेको यो तालिम असाध्यै राम्रो काम भएको उहाँले बताउनु भयो । उहाँले यस्तो किसिमको तालिमबाट राम्रोसँग सीप सिकेर , यो वडामा धेरै महिला उद्यमी बन्नुहोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

महिला सञ्जाल संयोजक तथा कार्यक्रमको सभापति इन्दिरा खनालले भन्नुभयो मुखमा राम र हातमा काम भयो भने जहिले पनि दुःख पर्दैन, हामीले सिप सिकेउ भने हाम्रो आफ्नै लागि भएको बताउनुभयो । सबैभन्दा पहिला हामी के गर्न सक्छौ ,आफूले आफूलाई चिन्ने हो, सकारात्मक सोच राखेर अगाडि बढ्यो भने गर्न नसकिने केही पनि छैन उहाँले भन्नुभयो । उहाँले हाम्रो वडाले महिलाहरूका लागि कार्यक्रम गरिरहेको छ, यो प्रभावकारी छ, मन लगाएर सिक्नुपर्दछ र कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य  भाग्योदय टोल बिकास संस्थाका अध्यक्ष मोति अधिकारीले राख्नु भएको थियो । कार्यक्रममा अपांग सघं गैडाकोट अध्यक्ष कृष्ण सुबेदी ,समाजसेवि ब्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।
वडा सदस्य चन्द्र बहादुर बिश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कल्पना परियारले राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार