spot_img

Monday, June 17, 2024

भाजपाले पाएन बहुमत / प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने

जेठ २३ ,नयाँ दिल्ली ।   सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ । योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ ।

अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ  ।

यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्र प्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् ।

मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ । २००५ देखि नै बिहारका मुख्यमन्त्री रहेका नितिशले अहिलेसम्म ९ पटक सहयोगी परिवर्तन गरेका छन् । यसपालि नितिश वा नायडुलाई सरकारको नेतृत्व दिएर मोदीको भाजपालाई सत्ताबाहिर राख्न कंग्रेसले तयारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार