spot_img

Monday, June 17, 2024

१० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

जेठ २२ ,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । नेपाली समय अनुसार राति मङ्गलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ । यसअघि दुई टोलीबिच भएको १२ वटा टी(२० भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाबिहिन बनेको थियो ।

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार