spot_img

Monday, June 17, 2024

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

 जेठ १८,कास्की । गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त हुनुभएको छ । बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध हुनुहुन्छ ।

शिक्षण पेसामा समेत आबद्ध रहनुभएको शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुनुहुन्छ ।

उहाँ यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता हुनुभयो । शर्मा गण्डकीका छैटौँ मुख्य न्यायाधिवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार