spot_img

Monday, June 17, 2024

आइसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज अमेरिकासँग अन्तिम अभ्यास खेल खेल्दै

 जेठ १७, काठमाडौं । आइसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज अन्तिम अभ्यास खेल आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरू हुनेछ । सेन्ट प्रेइरीमै नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ह्युस्टन हुरिकेनसँग दुई अभ्यास खेलमा दुवै खेल जितेको थियो ।

नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो । सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ भने जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार