spot_img

Monday, June 17, 2024

नारायणगढ–बुटवल सडकखण्ड : गैँडाकोट थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

जेठ १५, गैँडाकोट । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट ९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

सडक भासिएको ठाउँमा ढुङ्गा माटो भरेपछि अहिले एकतर्फी सञ्चालनमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले जानकारी दिनुभयो । मध्यान्ह १२ बजेपछि क्रमैसँग साना ठूला गाडी पास भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवैतर्फी यातायात सञ्चालन हुन करिब ३ देखी ४ घण्टा लाग्न सक्छ । दुवैतर्फी सडक खुलाउने प्रयास पनि जारी रहेकोले साँझ ६ बज्न सक्ने अनुमान छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारण राति १२ बजेदेखी गैँडाकोट–९ थुम्सीको जङ्गलमा निर्माणाधिन पुलसँगै सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । खोलाले पुलसँगैको माटो बगाएपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडक अवरुद्ध हुँदा रातको समयदेखी लामो दुरीका यात्रुहरु अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार