spot_img

Monday, June 17, 2024

फ्रेन्च कपको उपाधि पीएसजीको पोल्टामा

जेठ १३ , काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे । लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए । केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो करियरको अन्तिम खेलमा उपाधि जित्दै अन्त्य गरेका छन् । उनले यसअघि नै यस सिजनपछि पीएसजी छाड्ने घोषणा गरेका थिए । २५ वर्षीय एमबाप्पेले पीएसजीका लागि ३०८ खेलमा सर्वाधिक २५६ गोल गरेका थिए ।

एमबाप्पेले सात वर्ष पेरिसमा बिताउँदा ६ फ्रेन्च लिग वानको उपाधि जितेको छन् । यस्तै चार फ्रेन्च कप र दुई लिग कपको पनि उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार