spot_img

Monday, June 17, 2024

अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल

जेठ ८ ,जनकपुर ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताउनुभयो । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताउनुभयो ।

“प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्षले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार