spot_img

Monday, June 17, 2024

उद्योग वाणिज्य संघ गैडाकोटको अध्यक्षमा दिपक सापकोटा सर्वसम्मत चयन

जेठ ६ ,गैँडाकोट । उद्योग वाणिज्य संघ गैडाकोट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले दिपक सापकोटाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

गैँडाकोटको नारायणी रिर्सोटमा शनिवार सम्पन्न संघको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल, प्रथम उपाध्यक्षमा एकदेव रिमाल, उपाध्यक्ष (उद्योग) तर्फ सुरेन्द्र तिवारी, वरिष्ठ सदस्यमा शालिकराम सापकोटा, महासचिवमा तेज नारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा र सचिवमा विष्णुप्रसाद पंगेनी चयन भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष (वाणिज्य) तर्फ भने चयन गर्न बाँकी छ ।

संघको कार्यसमिति सदस्यहरुमा गोपाल प्रसाद सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शालिकराम सापकोटा, परमेश आचार्य, किशोर कुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोद कुमार श्रेष्ठ, घनश्याम पराजुली, तीर्थराज थनेत, अमित अग्रवाल, दिपक प्रसाद भट्टराई, राकेश कुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समिर श्रेष्ठ, मेघराज कंडेल र कृष्ण न्यौपाने रहेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा चिन्तामणी कंडेल (सिआर), सदस्यहरुमा अमृत श्रेष्ठ, गणेश उपाध्याय, कृष्ण कंडेल, टिकाराम पराजुली, सूर्यप्रसाद घिमिरे, प्रकाश गुरुङ, बुद्धिनाथ घिमिरे र राजु पौडेल चयन भएका छन् ।

 

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको साधारण सभा तथा अधिवेशनमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।  जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अध्यक्ष अमृत भट्टचनले आफ्नो कार्यकालमा ३ वटा गैँडाकोट महोत्सव र गण्डकी महोत्सव सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले जिल्ला भित्र रहेको अवसर र चुनौतीहरु पत्ता लगाई त्यसको प्राथमिकताको आधारमा सबै स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउनुपर्ने अध्यक्ष भट्टचनको भनाई छ ।

संघीय सांसद एवम् नेपाल काँग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । नारायणी नदी तटबन्धसहितको हरित सडक, विपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधारहरु निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको नेता कोइरालाले बताउनुभयो । समृद्धितर्फ हामी कसरी जाने भनेर ठोस योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा धेरै सम्भावनाहरु रहेको भन्दै सबैभन्दा बढी सम्भावना कृषि क्षेत्रमा रहेको नेता कोइरालाको भनाइ छ । कृषि क्षेत्रबाट परिवर्तन ल्याउनका लागि सोच परिवर्तन गरेर नयाँ विचार लिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसिले प्रदेश सरकारसँग बजेट कम हुने तर काम धेरै गर्नुपर्ने गुनासो गर्दै प्रदेशमा भन्दा स्थानीय सरकारसँग बढी शक्ति हुने बताउनुभयो ।  कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, नेकपा एमाले गैँडाकोटका अध्यक्ष षडानन्द लामिछाने, नेपाली कांग्रेस गैँडाकोटका सभापती बद्रि सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, हिसान नवलपुरका अध्यक्ष खेमराज सापकोटा, मुनाल फुड्सका सञ्चालक दिपक भट्टराई, उद्योग वाणिज्य संघ नवलपूरका पूर्व अध्यक्ष चण्डी ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै आर्थिक मन्दि, बिजुली, बजारीकरण लगायतको समास्या रहेको बताउँदै यसमा स्थानीय सरकारदेखी केन्द्र सरकारसम्मले ध्यान दिन जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार