spot_img

Monday, June 17, 2024

गैँडाकोट वडा नम्बर ६ मा लागु औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना र्याली

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा लागु औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना र्याली निकालिएको छ ।

वडा कार्यालय एवं वडाबासीहरुको सक्रियतामा शनिबार शिवनगर टोल विकास संस्थाको आयोजनामा निकालिएको र्यालीले वडाका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । ‘हाम्रो आवाज, लागु औषधको दुर्व्यसनबाट सुरक्षित समाज’ भन्ने मुख्य नारासहित निकालिएको र्यालीमा ‘लागु औषध नशा, घरघरको दशा’, ‘लागु औषधको सेवन, अन्धकारमय जीवन’ ‘लागुऔषध सेवन बन्द गरौँ’, ‘दुर्व्यसनमुक्त समाज बनाऔँ’, ‘लागु औषधले लिन्छ ज्यान’ लगायतका प्लेकार्ड समेत बोकेर प्रदर्शन गरिएको थियो ।

गैँडाकोट ६ शिवालय मन्दिरबाट शुरु भएको र्याली सीताराम मन्दिर, पारिजात पार्क, नमुना बोटेटोल, सिर्जनशिल टोल रंगशाला, दरबारचोक, स्वाबलम्बनचोक हुँदै गैँडाचोक आएर कोणसभामा परिणत भएको थियो ।   कोण सभामा गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले वडामा लागु औषध दुर्व्यसन नियन्त्रणका लागि सचेतना आवश्यक रहेकोले हरेक टोल सक्रिय हुनुपर्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले युवाहरुलाई आध्यात्मिक कार्यमा सरिक गराउन सके दुर्व्यसन कम हुने विचार राख्दै प्रहरी निगरानी बढाइएको बताउनुभयो । लागुऔषध दुर्व्यसनी नियन्त्रण वडा समितिका संयोजक लक्ष्मण चापागाईंले वडाबासीहरुले सम्पूर्ण आफ्नो क्षेत्रमा निगरानी राखेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

शिवनगर टोल विकास संस्थाका अध्यक्ष किसन गुरुङले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।विगत समयदेखी नै वडाका संकास्पद एकान्तस्थलमा साँझको समयमा गस्ती समेत गर्दै आएको वडा सदस्य चन्द्रबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

टोल विकास संस्थाका सचिव खुसीमान गुरुङले सहजिकरण गर्नुभएको कार्यक्रममा वडा सदस्यहरु, राजनीतिक दलका वडा प्रमुख, अन्य टोल विकास संस्था, महिला समूह, युवा तथा बाल कल्बका अध्यक्ष एवं प्रतिनिधि लगायत करिब तीन सय वडाबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार