spot_img

प्रधानमन्त्री सहित राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग सभामुखले आज छलफल गर्दै

 वैशाख २५, काठमाडौँ । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।

वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल हुन लागेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार