spot_img

राजनीतिक दललाई ताजा अवस्था बुझ्ने अवसर -उप निर्वाचन

सुर्य प्रकास भुसाल ,गैंडाकोट । पछिल्लो समय बझाङ र इलाम मा उपनिर्वाचन सम्पन्न भएको छ र मतगणना जारि छ ।बझाङको उपनिर्वाचन प्रदेश सभाका ्लागि हो भने इलामको प्रतिनिधि सभाका लागि ।  इलामको निर्वाचन प्रतिनिसभाका लागि भएकोले पनि सबै पार्टिहरुले इलामको परिणाम लाइ महत्वका साथ हेर्दै प्रतिष्ठाको बिषय बनाएका छन त्यसोत इलामको परिणामले नेपालको केन्द्रिय राजनिति तथा सत्ता समिकरणमा खासै प्रभाव पार्ने छैन यधपि राजनितिक दलहरुले यसलाइ जनतामा आफ्नो पार्टिको ताजा अवस्था बुझ्ने अवसर ठान्ने छन ।

गत बर्ष सबिधान सभाका अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङ को निधन पछि रिक्त रहेको इलाम २ मा यसपालिको निर्वाचनमा भने दल हरुको सत्ता गठ्बन्धनमा परिवर्तन भएको छ । गएको निर्वाचन मा एमाले नेता सुवास नेम्वाङ गठबन्धन सहितको समर्थनमा उम्मेद्वार बनेका नेपाली काँग्रेसका डम्बर खड्का सग झिनो मतले बिजयि भएका थिए एमालेले आफ्नो किल्ला सम्झने यो क्षेत्रमा यसपालि सुवास नेम्वाङ कै छोरालाइ उम्मेद्वार बानाएको छ , एमाले लाइ पुर्वमा पहिचान बिरोधि को रुपमा जवर्जस्ति देखाउन खोज्नेहरुलाइ यसै निर्वाचन बाट मुख तोड जवाफ दिने पक्षमा एमाले देखिएको छ ।

उता नेपाली काँग्रेस गएको निर्वाचनमा झिनो मतले पराजित उम्मेद्वार डम्बर खड्का लाइ फेरि उठाएर हारको बदला सुवासकै छोरा सुहान सग लिने मुडमा छ जसका लागि काँग्रेसका युवा नेताहरु समेत ्चुनाब अघि इलाम पुगेर राम्रै सग भाषण बाजि गरेका थिए , काँग्रेस महामन्त्री गगन थापाले चुनाब अघि गठबन्धन गर्ने परम्परा इलाम बाट तोडीएको र काँग्रेस एक्लैले जित निकाल्ने दाबिका बिच यसपालिको मतपरिणाम काँग्रेस र गगन जाच्ने कसिका रुपमा रहनेछ ।
.
्त्यस्तै, नेपालमा पहिचानको मुद्दा बेला बेला चर्किने ठाउ भनेको पुर्व नै हो , पुर्वमा अझै पनि पहिचान बादिहरुले कोशि प्रदेशको नाउ लाइ स्विकार्न सकेका छैनन यस्तै बिरोधका बिच पहिचान पक्षधरहरुले डकेन्द्र थेगिम लाइ यसपालि स्वतन्त्र उम्मेदवारको रुपमा खडा गरेका छन यदि उनिहरुले जित निकाले यसको असर पहिचानको नाउमा देशै भर फैलिन सक्ने छ र उनिहरु कोशि प्रदेशको नामाकरण लाइ लिएर अझै उग्र हुनेछन त्यसो त डकेन्द्र लाइ धरानका चर्चित मेयर हर्क साम्पाङको समेत समर्थन छ उनले दिनहु डकेन्द्रको पक्षमा सामाजिक सन्जालमा स्टाटस लेखिरहन्छन भने चुनाब अघि उन्को चुनाबि अभियानमा समेत खुलेरै लागेका थिए यधपि पछिल्लो सम्मय उनको अभिब्यक्ति लाइ लिएर आलोचना समेत हुने गरेको छ । यसै बिच अहिले को मत परिणाम सगै हर्क साम्पाङले आफुलाइ मुल्याकन गर्ने अवसर पाउदैछन ।

यता गएको निर्वाचनमा छोटो अवधिमै स्थापना भएर तहल्का मच्चाएको राष्ट्रिय स्वतन्त्र पार्टी लाइ समेत यो निर्वाचन बिषेश हुनेछ । जान्नेलाइ छान्ने निति लिएको स्वतन्त्र पार्टिले ले यसपालि मिलन लिम्बुलाइ आफ्नो उम्मेद्वार खडा गरेको छ त्यसो त मिलन लिम्बु माओबादि पृष्ठभुमि बाट निर्वाचन ताका स्वतन्त्र पार्टिमा भित्रिएका हुन, पुराना दलले केहि गरेनन भनेर स्थपना भएको स्वतन्त्र पार्टिले यस क्षेत्रमा जित निकाल्न तेति सजिलो देखिदैन यसैपनि पछिल्लो समय पाटिका सभापति रबि लामिछने गृहमन्त्री छन र उनिमा सहकारिको को रकम हिनामिना गरेको आरोप लाग्दै आइरहेको छ यसै बिच यसपालिको चुनाब उनका लागि पनि खास देखिन्छ ।

हुन त जस्ले जिते पनि जनताले केहि परिवर्तन को महसुस गर्न पाउने अवस्था छैन सदियौ बाट बिभिन्न आस र आश्वासन पाउदै आएका आम जनतालाइ लाइ खासै चासो र मतलब त देखिदैन उनिहरुमा घर कसरि चलाउने भन्ने मै तनाब छ तथापि पार्टिका कार्यक्रता लाइ भने यो हप्ता दिन कटाउने मेसो हुन सक्छ ।

इलाम २ को प्रतिनिधि सभाको सदस्य पदका लागि १९ उम्मेद्वर निर्वाचनमा होमिए पनि पछिल्लो मतपरिणामले मुख्य प्रतिस्पर्धा भने ठुला दलहरु बिच नै देखिएको छ ।

https://www.youtube.com/watch?v=Ky8jC5n3KBw

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार