spot_img

टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

 वैशाख १६,काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले  पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटिएको थियो । यससँगै पाँच खेलको सिरिजमा १–१ को बराबरी भएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७१ रन बनाउनुभयो । गुलशन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई दुई विकेट लिनुभयो । ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाउनुभयो । यस्तै गुडाकेश मोतीले अविजित ३३ रन बनाउनुभयो । कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्र्सले ११, केसी काटीले १० र म्याथ्यु फर्डले अविजित ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार