spot_img

गैडाकोट नगरपालिका वडा ५ द्वारा बाल क्लबलाई खेलकुद सामाग्री वितरण

बैशाख ०९ ,गैडाकोट। गैंडाकोट नगरपालिपालिका वडा नं. ५ मा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका १९ वटा बाल क्लबहरुलाई वडाले आइतबार एक कार्यक्रमको आयोजना गरी खेलकुद सामाग्री वितरण गरेको हो ।

नगरर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । खेलकुद सामाग्री बितरण गर्दै नगर प्रमुख अधिकारीले बालवालिकालाई खेलकुद क्षेत्रमा अघि वढन लागि खेलकुद सामाग्री वितरणले महत्वपूर्ण भुमिका निर्वाह हुनेमा बिश्वस्थ रहेको बताए ।

वडाका सबै १९ बाल क्लबलाई खेलकुद सामाग्री वितरण गरेको वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिदै बालबालिकालाई खेलकुदमा हौंसला प्रदान गर्न सामाग्री प्रदान गरिएको र बालबालिकाको विकासका लागि शिक्षासँगै खेलकुदको पनि उत्तिकै महत्त्व रहेकाले वडाले बालबालिका लाई प्रोत्साहनका लागि खेलकुद सामग्री वितरण गरेको बताए ।
कार्यक्रममा व्याडमिन्टन, भलिबल, फुटबल, क्यारेमबोर्ड लगाएत सामाग्री बाल क्लबलाई वितरण गरिएको थियो । खेलकुद सामाग्री पाएपछि बाल क्लबका विद्यार्थीहरु खुशी हुदै वडा कार्यलयलाइ धन्यवाद दिए । कार्यक्रममा शान्ती न्याैपाने, लक्ष्मण कार्की, विष्णु गौतम, पार्वती सापकोटा लगायतले कार्यक्रमका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार