spot_img

मानव सेवा आश्रम कमलनगर लाई लायन्स क्लबको अन्तराष्ट्रिय गुठीको बिशेष आर्थिक सहयोग

बैशाख ५ , नारायणगढ । लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीको बिशेष आर्थिक सहयोगमा मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशाला भवन बुधबार हस्तान्तरण गरिएको छ ।

“जसलाई जे आवश्यकता परेको छ उसलाई त्यही सहयोग गर्न पाउदा निक्कै ठुलो सन्तुष्टि मिल्छ” लायन्स क्लबका अन्र्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले बुधबार त्यस्तै भएको बताउनुभयो । बुर्लाकोटीले संसारको ठुलो मानविय सस्था लायन्स क्लबले अर्को मानब कल्याणका लागि कृयाशिल सस्था मानव सेवा आश्रमलाई निरन्तर सहयोग गरिराखेको बताउदै यसलाई जारी राख्ने बताउनुभयो ।

लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नारायणगढ संगमचोक , लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनी र मानवसेवा आश्रमको पहलमा उक्त पाकशाला भवन निमार्ण भएको हो । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का निवर्तमान डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार उक्त भवनका निमार्णका लागि लागि ५ वटा सस्थाले ४३ लाख संकलन गरेका थिए । त्यसै गरीे लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीबाट १ करोड ३२ लाख रुपिया प्राप्त भएको थियो । उक्त पाकशाला भवन २८८० बर्ग फुट क्षेत्रफलमा ७ महिनामा निमार्ण भएको हो । स्वार्गीय समाजसेबी भगवानदास श्रेष्ठको परिवारले प्रदान जग्गामा मानव सेवा आश्रम चितवन सञ्चालित छ । भवन हस्तान्तरण कार्यक्रमका परिवारका सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा डिष्ट्रिक ३२५ आरका गर्भनर आर एस महतोले लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीकबाट डिष्ट्रिक ३२५ आर लाई प्राप्त पहिलो परियोजना समयमै सम्पन्न भएकाले अन्य परियोजनाहरु ल्याउन सजिलो हुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व गर्भनरहरु, लायन्सका बिभिन्न पदाधिकारीहरु, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास थापा, मानब सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिती रहेको थियो । बेसाहारको साहार बनेको मानब सेवा आश्रमको चितवन शाखामा २ बालिका, १ बालक, ३ पुरुष र ६२ महिला गरि कुल ६८ जनाले आश्रय लिई रहेका छन् । मानब सेवा आश्रमका ७ प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालित छन् । हस्तान्तरण कार्यक्रमको सभापतित्व परियोजना संयोजक एवं लायन्स क्लब अफ नारायणगढ नारायणीकी सस्थापक अध्यक्ष सुधा जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार