spot_img

नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हाम्रो संवैधानिक व्यवस्था पनि छ- प्रधानमन्त्री

चैत २५ ,ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई  सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वास्थ्य बीमा ऐनको प्रावधान अनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारीलगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोधभर्ना प्रविधिमैत्री बिमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरु चुनौती लक्षित सुधारका योजनाहरु रहेको उहाँले  बताउनुभयो ।

“नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हाम्रो संवैधानिक व्यवस्था पनि छ, त्यो प्रक्रिया अघि बढेको पनि छ । विशेषज्ञ स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममार्फत् उपलब्ध हुँदै आएको छ । भौगोलिक हिसाबले पूर्णतातर्फ उन्मुख भए पनि हालसम्म यस कार्यक्रममा करिब २६ प्रतिशत जनसङ्ख्या आबद्ध छ,” उहाँले भन्नुभयो , “स्वास्थ्य बीमाको नवीकरण गर्ने दर दुई तिहाई देखिन्छ । स्वास्थ्य बीमा ऐनको प्रावधान अनुसार पनि औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारीलगायत जनप्रतिनिधिको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक छ ।”

उहाँले सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सक्ने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निषकर्षमा पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार