spot_img

आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ-राष्ट्रियसभाअध्यक्ष

चैत २४,भरतपुर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उहाँले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताउनुभयो । ‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।”

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताउनुभयो । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उहाँले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार