spot_img

Wednesday, September 11, 2024

एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटखेलमा नेपाल बरोडासँग ३७ रनले पराजित

चैत २३, काठमाडौं । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ। लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको हो।

टस जितेर गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा पहिला ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बरोडाले दिएको १५७ रनको चुनौती भेट्न नसक्दा नेपाल ३७ रनले पराजित भएको हो।

बरोडासामू नेपाल ६ बल अगाडि ११९ रनमा समेटिएको हो। नेपालका लागि सन्दीप जोराले ४३ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेखलाई विश्राम दिएको खेलमा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि गुल्सन झा र करण केसीले समान २/२ विकेट लिनुभयो भने ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्दले समान १/१ विकेट हात पार्नुभयो।  फाइनलमा नेपालले आइतबार गुजरातसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार