spot_img

लक्ष्मी प्रसाद सोतिको अध्यक्षतामा १९ सदस्यीय “लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन

गैंडाकोट । लमजुङ जिल्लाबाट बसाइसराइ गरि गैंडाकोट नगरभित्र रहेका लमजुङ्गे हरुको भेलाले लक्ष्मी प्रसाद सोतिको अध्यक्षतामा १९ सदस्यीय “लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन गरेको छ ।

समाजसेवी तथा पुर्व जनप्रतिनिधि गोबिन्दराज कोइरालाको निर्वाचन मण्डल संयोजकत्वमा निर्विरोध समिती चयन भएको थियो । जस्को समितिमा उपाध्यक्ष दिपक रावत, सचीव रामकृष्ण कोइराला,कोषाध्यक्ष दुर्गा कोइराला, सह-सचीव पुष्कर भट्टराई लगाएत सदस्य हरु रहेका छन । समाज भेला कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख शान्ति कोइरालाले गठनहुने समितिले समाजमा सद्भाव विस्तार र पुराना सांस्कृतिक परम्परा अपनत्वको विकासको लागि काम गर्नुपर्ने बताउदै शुभकामना मन्तव्य दिइन ।

नगरभेला कार्यक्रममा प्राचीनकालदेखि खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता र परम्परामा आधारित सांस्कृतिक प्रस्तुती समेत राखिएको थियोे । कार्यक्रममा दिपक रावत, लक्ष्मी प्रसाद दवाडी, माधव प्रसाद कोइराला, होमराज गौतम, मुरारी कोइराला लगाएत अतिथी रहेको कार्यक्रमलाई इतराज गुरुङ र राम कृष्ण कोइरालाले संचालक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार