spot_img

हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक छ – सञ्चारमन्त्री रेखा शर्मा

चैत १५,दांङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ। 

जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

दाङ जिल्लामा भइरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माणदेखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनुभयो।

आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न उहाँको आग्रह थियो।

सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उहाँले जिल्लामा विकास निमार्णका लागि आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउन आग्रह गर्नुभएको थियो।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारमा आफूले ध्यान दिइरहेको शर्माले बताउनुभयो।

कर्मचारीले पनि देश र जनताप्रति इमान्दार भएर सरकारका नीति तथा कार्यक्रमलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार