spot_img

भरतपुर महानगरपालिकाले ल्यायो सडक सफा गर्ने ब्रुमर

चैत १४ ,चितवन। भरतपुर महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर ल्याएको छ । सडक कालोपत्रे गर्दा धुलो नउडोस भनेर ब्रुमर (यान्त्रिक कुचो) ल्याएको महानगरपालिकाले जनाएको छ । बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिहरुले भरतपुर महानगरका प्रमुख तथा उप प्रमुखलाई ब्रुमरको चापी हस्तान्तरण गरेका हुन् ।

आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलक कुमार श्रेष्ठका अनुसार रु ८४ लाखमा ब्रुमर काठमाडौबाट भरतपुर ल्याइएको हो । भरतपुर महानगरपालिकाले ब्रुमर ल्याउने कामको बुधवारबाट शुरूवात गरेको छ श्रेष्ठले भन्नुभयो,ब्रुमर आएपछि अब महानगर धुलो रहित बन्नेमा हामी बिश्वस्त छौ ।

ब्रुमर आएपछि भरतपुरको सडक तथा आकाश धुलोमुक्त हुने महानगरपालिकाले दाबि गरेको छ । सहर सफा गर्न मानवस्रोतले नभ्याएको अवस्थामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपरेको महानगरको भनाइ छ।’ ब्रुमर आएपछि महानगरको धुलो कम हुने महानगरको दावी छ । ब्रुमर आए सगै अब भरतपुर स्मार्ट सिटीको अवधारणामा गएको छ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार