spot_img

नेकपा एमालेको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेशनको तयारी पूरा

चैत १४ ,झापा । नेकपा एमालेले बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेशनको तयारी पूरा भएको सो दलले जनाएको छ ।

अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा पुग्नु भएको छ । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पुरा भएको छ । पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा आउनेक्रम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताउनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा  जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरू, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत सङ्गीतका क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएको कार्यकर्ताहरूको भनाइ छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार