spot_img

प्रथम आदिवासी जनजाति महोत्सवको चौथो दिन दर्शकको भिडभाड / ज्योति मगरको प्रस्तुति हेर्न पानीमा रूझेरै बसे दर्शक

चैत १२,नारायणगढ ।  प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सवको चौथो दिन सोमबार पनि दर्शकको भिडभाड रहेको छ । । दोहोरी गायिका ज्योति मगर  महोत्सवको  मञ्चतर्फ अगाडि बढिन् ।  दर्शक भने पानीमा रूझेरै भए पनि ज्योति मगरको गीत सुन्न र गीतमा नाच्न पर्खिरहेका थिए । लामो समयसम्म प्रतीक्षा गरेर बसेका दर्शकका लागि जब मञ्चमा ज्योति मगर उक्लिइन्, त्यसपछि भयो दर्शकको तालिको बर्षा ।

पानीको कुनै पर्वाह नगरी ज्योति मगरको प्रस्तुति हेर्न साँझसम्मै नदीकिनारमा हज्जारौँ दर्शक बसे ।  ‘सोल्टी मुसुक्कै, पैसा भुसुक्कै’, चोरी खान पल्केको यो ढाडे बिरालो’, जिम्माल बाउकी छोरी’, ‘दोहोरीमा र्‍याप’लगायतका गीत गाएर भरपुर  मनोरञ्जन दिलाइन् ।

त्यसअघि गायक रवि रिमालले पनि विभिन्न गीत गाएर मनोरञ्जन दिलाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकाहरू जीवी सुनार, जुना डिसीलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिए । अन्य सांस्कृतिक कार्यक्रममार्फत आदिवासी जनजाति समुदायको पहिचान झल्किने गीतमा नृत्यसमेत भएको थियो ।

कार्यक्रममा सोमबार पनि दश हजारभन्दा बढी दर्शक भित्रिएको आयोजकले जनाएको छ । प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सवको मङ्गलबार भने एलिना चौहान, दिनेश काफ्ले लगायतका ख्यातिप्राप्त कलाकारहरू महोत्सवमा उपस्थिति हुने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए । साथमा दोहोरी गीत प्रतिष्ठान तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले निरन्तरता पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार