spot_img

Wednesday, July 17, 2024

आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

चैत १२, काठमाडौँ। आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिलो जितसँगै  नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । सिरिजको दोस्रो तथा अन्तिम खेल मङ्गलबार हुनेछ ।

जितका लागि आयरल्यान्डले दिएको एकसय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको सहयोगमा अविजित ३७ रन बनाउनुभयो । यस्तै सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले अविजित २० र आसिफ शेखले १६ रन जोड्नुभयो ।

बलिङमा आयरल्यान्डका गारेथ डेलानीले दुई तथा थोमस मायस र बेन ह्वाइटले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो ।

आयरल्यान्डका लागि स्पेटफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाउनुभयो । थोमस मायस र लियम म्याकर्थीले १६/१६ र फियोन ह्यान्डले ११ रन जोड्नुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले दुई दुई विकेट लिनुभयो । करण केसी र कुशल मल्लले एक एक विकेट झर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार