spot_img

दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश

चैत १२,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।

सोमबार न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ ।

 

प्रसाईँले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार