spot_img

गैँडाकोट नगरपालिका वडा नम्बर ६ को मुख्य मुख्य चोकमा फ्री वाईफाई जडान

चैैत ८ ,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ ले चोक–चोकमा फ्री वाईफाई जडान गरेको छ ।  बुधबार देखी फ्री वाईफाई सेवा शुभारम्भ गरेको गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले जानकारी दिनुभयो ।

वडाबासी तथा बाहिरबाट आउने व्यक्तिलाई समेत सहज इन्टरनेटको प्रयोगका माध्यमबाट सूचना लिन तथा डिजिटल सेवा प्रवाहका लागि फ्री वाईफाई जडान गरिएको उहाँले बताउनुभयो । फ्री वाईफाई सेवाले जनतालाई प्रविधिप्रतिको विश्वास बढाउने र प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो । वडाको लगानीमा पहिलो चरणमा कालिका चोक, गैँडा चोक, सृजनशिल टोलमा राखिए पनि क्रमश अन्य क्षेत्रमा विस्तार गर्ने उहाँले बताउनुभयो ।

वडाका मुख्य चोक क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन भएपछि वडा प्रविधिमैत्री बनेको र यसले जनताले पाउने सेवामा समेत सहजता दिने वडा सदस्य चन्द्रबहादुर विश्वकर्माले बताउनुभयो ।

फ्री वाईफाई जडानले नगरपालिका तथा वडाका सूचना, समाचार र सेवाहरू समेत हेर्न सुविधा हुने छ । प्रविधिका सकारात्मक र नकारात्मक दुबै काम हुने गरेका छन् तर जडान गरेको फ्री वाईफाई सेवालाई सकारात्मक कार्यमा प्रयोग गर्न वडा कार्यालयले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार