spot_img

Wednesday, July 17, 2024

तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण तथा कल्याणकारी कोषका लागि आर्थिक सहयोग

चैत ८,भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार एवम् प्रेस चौतारी चितवनका अग्रज तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण र प्रेस चौतारी पत्रकार कल्याणकारी कोषका लागि लागि आर्थिक सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिका ११ बसेनीमा निर्माणाधीन भवनका लागि पत्रकार रिमालले ५५ हजार ५ सय ४५ र प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५ हजार ५ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

पत्रकार रिमालले आफ्नो बुबाको चैत ८ परेको ८४ औँ जन्मदिनको सन्दर्भ पारेर भवन निर्माणमा सहयोग गरेको बताए । चितवनमा कान्तिपुर हेल्थ दैनिक सञ्चालन गर्दै आएका रिमालले प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएकोले त्यसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

प्रेस चौतारीको भवन निर्माणले पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको रिमालले बताए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि सहयोग गर्ने अग्रज पत्रकार रिमाललाई धन्यवाद दिँदै भवनले निकट भविष्य मै पूर्णता पाउने बताए ।

उनले पत्रकार रिमाल सबैलाई सहयोग गर्ने, साथ दिने मृतभाषी भएको भन्दैं चितवनको पत्रकारिता क्षेत्रले सिक्नुपर्ने धेरै कुरा रहेको बताए । उनले प्रेस चौतारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा साथ तथा सहयोग गर्न पत्रकार कल्याणकारी कोष स्थापना गरेर त्यससम्बन्धी कार्यविधिसमेत बनाएको बताए । कल्याणकारी कोषमा डेढ लाख रकम संकलन भैसकेको छ ।

रिमालको जन्मदिन मनाउने कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारीका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी चितवनको जिल्ला इन्चार्ज प्रतिमा सिलवाल, पत्रकार महासंघका जिल्ला पदाधिकारीहरु, उवासंघ चितवनका निवर्तमान उपाध्यक्ष शिरिष पन्त, भरतपुर ३ का वडाध्यक्ष विकास थापा, समाजसेवी धर्म कार्की लगायतको उपस्थिती रहेको थियो ।

समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत एक करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम सकेर तेस्रो तला ढलानको तयारी हुँदैछ । पहिलो तलाभित्र फिनिसिङको काम भैरहेको छ ।

भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत वर्ष बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईंतलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार