spot_img

सुनको मूल्य प्रतितोला रु. सात सयले वृद्धि

चैत ६ ,काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु. एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन पनि प्रतितोला रु. सात सयले वृद्धि भएको छ । महासङ्घले मंगलवारका लागि तेजावी सुन प्रतितोला रु. एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु. एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार पाँच सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार