spot_img

Wednesday, September 11, 2024

हिमालयन लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले साविकको गुँरास लाइफको आव २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आव २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले बोनस सेयरमा लागने कर बापतको रकम स्वयमले नै तिर्नुपर्ने भएकोमा केहि सेयरधनीहरुले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको हो ।

सेयरधघनीहरुले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आईपीएसमार्फत जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार