spot_img

गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चैत्र ५, गैँडाकोट । गैँडाकोट नगरपालिकाले आइतबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गैँडाकोट नगरपालिकाको आ.व. २०८०/२०८१  को विकास निर्माण,  सुशासन तथा सेवा प्रवाह सम्बन्धि पक्षमा सार्वजनिक सुनुवाइ गरिएको हो । गैँडाकोट नगरपालिकाको चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति विवरण नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले प्रस्तुत गर्नुभएको थियो ।

गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाईमा चालु आर्थिक वर्षमा २ दशमलब ८१ किलोमिटर सडक कालोपत्रे भएको र १५ किलोमिटर बढी सडक मर्मत भएको बताइएको छ । १६२० मिटर सिँचाई कुलो निर्माण, ९ ओटा बोरिङ निर्माण, अनलाइन मार्फत व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलनका लागि क्यू आर कोडको प्रयोग गर्न सकिने अनलाइन प्रविधिको प्रयोगको सुरु गरिएको बताइएको छ । कक्षा ५ सम्म निशुल्क शिक्षा, मकै प्रवर्धन, धान पकेट क्षेत्रको सुधारका लागि नियमित कार्यक्रम, फोहोरमैला प्रशोधन केन्द्रको निर्माण कार्य अघि बढाइएको, नगरबासीलाई स्व उद्यमी बनाउने कार्यको थालनी, ७२० बढीलाई घुम्ति सेवा मार्फत अपाङ्गता परिचयपत्र, सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रम मार्फत ५ हजार प्रदान गरिएइको बताइएको छ । यस अवधिमा ४ वटा कार्यविधि र नियमावली तर्जुमा गरिएको नगर प्रवक्ता तिवारीले बताउनुभयो ।


सार्वजनिक सुनुवाईमा उपस्थित नागरिकले नारायणी तटबन्धन, सुकुम्बासी समस्या, सार्वजनिक शिक्षा सुधार, फाहोरमैला व्यवस्थापन, प्रभावकारी कृषि कार्यक्रम, उत्पादनमूलक कार्यक्रम लगायतका विषयमा प्रश्न उठाएका थिए ।  गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाको समग्र पक्षको विकासका लागि नगरपालिका प्रतिवद्ध भएर अघि बढेको बताउनुभयो । सार्वजनिक सुनुवाईका प्राप्त सुझाबहरुलाई आगामी दिनमा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।


कार्यक्रममा उठेका प्रश्नको जवाफ गैँडाकोट नगरपालिका भित्रका बिषयगत समितिमा संयोजकले दिएका थिए । सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटा, पूर्वाधार विकास समिति संंयोजक प्रेम सापकोटा, आर्थिक विकास समिति संयोजक तेजप्रसाद घिमिरे, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटा र सुशासन तथा संस्थागत विकास समिति संयोजक गोपी कँडेल, लेखा समितिका देवीदत्त कंडेल,  प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल लगायतले प्रश्नको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरे, नेकपा एमाले जिल्ला कमिटि सदस्य गिरिराज उपाध्याय, नेकपा माओवादीका कार्यवाहक नगर अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर उपसभापति विमल घिमिरे, जनता समाजवादी पार्टी नेपाल नगर अध्यक्ष भिमबहादुर विश्वकर्मा लगायतले नगरको विकासमा राजनीतिक दलहरुले संगसंगै हातेमालो गर्ने भएकाले समय समयमा समन्वय गर्न आग्रह गरेका थिए ।


सार्वजनीक सुनुवाईमा नागरिकले विभिन्न बिषयको उठान गरेका थिए । यसैगरी सार्वजनिक सुनुवाईमा यस पटक सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि पनि विषय उठान गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, तथा सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनुपर्ने नगरप्रमुख अधिकारीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार