spot_img

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण

चैत्र,४ पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच प्रदेश प्रमुखको निवासमा स्वागत गरेका थिए ।

उनलाई मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भएगरेका कामहरुबारे संक्षिप्त जानकारी गराए । स्वागत ग्रहण गर्दै उनले हिजोसम्म आफू अर्कै भूगोलको रहेपनि प्रदेशको अभिभावकको रुपमा नियुक्तिसँगै अब गण्डकी प्रदेश आफ्नो पनि रहेको बताए । उनले यसअघि कुनै पार्टीसँग आबद्ध रहेपनि अब सबैको बनेको बताए ।
उनले भने, ‘पदअनुकूलको आचरण र व्यवहार गर्न प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु।’

देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उनी पाँचौ प्रदेश प्रमुख हुन्। यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार