spot_img

Tuesday, September 10, 2024

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुने

फागुन २०,काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुगेपछि दुबै टोलीले १–१ अंक बाँडेका छन्  ।

नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । खेल बराबरि भएपछि नामिबियाको ३ अंक मात्र भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८ / ४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुबै टोलीका कप्तान र प्रशिक्षक हात मिलाएर फर्किएका छन् ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार