spot_img

पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक कदम हुने – प्रधानमन्त्री पुष्पकमल दाहाल

फागुन १८, चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष २०८० काे उद्घाटन गरेका छन् । शुक्रबार नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताए ।

प्रधानमन्त्री दाहालले सुस्ताएको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरे । ‘देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ । ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । ‘प्रशस्त पूर्वाधार रहेकाे भतरतपुर कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई समेत आधार बनाएर अगाडि बढिरहेको छ ’ उनले भने, महानगरपालिकामा पर्यापर्यटन, खेल, धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमशः अगाडि बढ्दै छ ।’

उनले समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु रहेकाले  प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने प्रसस्त सम्भावना रहेकाे बताए । उनले भ्रमण वर्ष उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको बताए । उनले भने – ‘उद्घाटन सत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ ।’ २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्दै सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवर्द्धन गर्ने उनले बताए । `सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ ।’ उनले आफूले सुशासनको क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रहरुमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार