spot_img

Wednesday, September 11, 2024

गैँडाकोट ५ मा करेसाबारी ब्यवस्थापन सम्बन्धि तालिम प्रदान

फागुन १५,गैँडाकोट । गैँडाकोट ५ मा करेसाबारी ब्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । यहि फागुन ९ गतेबाट १४ गतेसम्म सञ्चालन भएको तालिममा ४ सय ५९ जनाले सहभागिता जनाएका थिए । गैँडाकोट नगरपालिका कृषि शाखाको प्राविधिक सहयोगमा वडाका १९ वटा टोलमा ९ दिनसम्म टोल–टोलमा तालिमको आयोजना गरिएको हो ।

गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमका सहभागीलाई तालिम अवधिभर सिकेको कुराको सदुपयोग गर्न आग्रह गर्दै परिवारलाई स्वस्थ राख्न आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक एवं कार्यपालिका सदस्य शान्ति न्यौपानेले आगामी दिनमा पनि थप यस्ता कार्यक्रम सञ्चालन गर्ने बताउँदै घरदैलोमा नै पुगेर सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्मा, कृषि अधिकृत कामना भण्डारी, कृषि प्राविधिक सुरक्षा पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार