spot_img

Wednesday, September 11, 2024

गण्डकी बचतका शेयर सदस्यलाई करेसावारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान

फागुन ११, गैडाकोट ।  गण्डकी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यलाई करेसाबारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । गण्डकी बचतको अविरत सेवा केन्द्रका सदस्यलाई लक्षित गरि १४६ जना
शेयर सदस्यलाई तालिम प्रदान गरिएको हो ।

मौसम अनुसारको तरकारी कसरी लगाउने, यसको व्यवस्थापन कसरी गर्न सकिन्छ लगाएतको बिषयमा प्रशिक्षक राजेन्द्र गौडेलले प्रशिक्षण दिनुभएको थियो ।
सदस्यहरुलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्येश्यले करेसावारी व्यवस्थापन तालिम सञ्चालन गरिएको अविरत सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक जयकृष्ण सापकोटाको बताउनुभयो । शिवनगर नमुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पोषणराज सुबेदीले तालिममा सिकेको कुरालाई व्यवहारमा पनि लागु गर्न आग्रह गर्नुभएको छ । सुवेदीले कार्यक्रमको उद्देश्य तथा संस्थाको हाल सम्मको अवस्था तथा संचालित गतिबिधिहरुको बारेमा जानकारी दिनुभएको थियो । संस्थाका शिक्षा उप समिति सदस्य रामप्रसाद सापकोटाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार