spot_img

विकूद्वारा भानुभक्त टोलका लागि डस्बिन हस्तान्तरण

फागुन ६,गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ८ मा डस्बिन वितरण गरेको छ । आइतबार भानु पार्कमा एक समारोहका बीच विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले भानुभक्त टोलका लागि डस्बिन हस्तान्तरण गर्नुभएको हो ।

वितरण गरिएको डस्बिन गैँडाकोट ८ स्थित भानुभक्त टोलका विभिन्न स्थानमा राखिने भानुभक्त टोल विकास संस्थाका सचिव तिला बन अर्जुनले जानकारी दिनुभयो । वातावरणमैत्री टोल बनाउने अभियान अन्तरगत विकूले गरेको सहयोग प्रति भानुभक्त टोल विकास संस्थाका अध्यक्ष पद्मादेवी सुवेदीले आभार व्यक्त गर्नुभयो ।

विकूले वितरित डस्विनको सहि सदुपयोग हुने विश्वास गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार