spot_img

तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा गैँडाकोट १ र ४ प्रवेश

फागुन ०३,गैँडाकोट । गैँडाकोट १ र ४ नव जागरण रंगशालामा जारी तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार भएको पहिलो खेलमा गैँडाकोट १६ लाई १७ रनले पराजित गर्दै गैँडाकोट १ सेमिफाइनलमा प्रवेश गरेको हो भने दोस्रो खेलमा गैँडाकोट ८ लाई १२१ रनले पराजित गर्दै गैँडाकोट ४ सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्वाटर फाइनलको अन्तिम खेलमा शुक्रवार बिहान १० बजे गैँडाकोट ६ र ७ बीच प्रतिस्पर्धा हुँदैछ । विजयी टोली फाइनल प्रवेशका लागि गैँडाकोट १ सँग शनिबार १० बजे प्रतिस्पर्धा गर्नेछ । त्यस्तै फाइनल प्रवेशका लागि शुक्रवार पहिलो सेमीफाइनलमा दिउँसो १ बजे गैँडाकोट २ र ४ बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याटसम्यान, बेष्ट बलर, बेष्ट विकेट किपरलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार