spot_img

मुकुन्दसेन आधारभूतका विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक ,झोला, पाठ्यसामग्री वितरण

फागुन ०२,गैँडाकोट । गैँडाकोट १२ मा रहेको मुकुन्दसेन आधारभूत विद्यालयमा आज बालकक्षामा नामाकंन गरिएका विद्यार्थीलाई निशुल्क रुपमा विद्यालय पोसाक, झोला, पाठ्यसामग्री वितरण गरिएको छ । गैँडाकोट ५ समुन्नती टोलका गुन्जबहादुर बाचेमगरले ३० थान विद्यालय पोशाक र गैँडाकोट ५ निवाशी नगेन्द्र वन र दिलमाया महत्तो वनले ३० थान विद्यालय झोला र ३० सेट पाठ्यसामग्री विद्यार्थीलाई सहयोग गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि न्यायिक समिति सदस्य द्रोणवन सन्यासीले विद्यालयको गुणस्तर विकासका लागि सबै लाग्न आवश्यक भएको बताउनुभयो । यस विद्यालयमा अघिल्लो वर्ष १६ जना विद्यार्थीले अक्षरारम्भ गरेका थिए भने यस वर्ष २३ जना विद्यार्थीले अक्षरारम्भ गरेको विद्यालयका प्रधानाध्यापक चुमप्रसाद वाचेमगर थापाले बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष खड्कमणि थनेत अतिथि रहनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार