spot_img

चितवनको लंकुमा बुधवार देखि सुरु हुने प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को तयारी पूरा

फागुन १,चितवन (माधव सापकोटा ) । चितवनको भरतपुर–४, धर्मचोक, लंकुस्थित नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा फागुन २ देखि १० गतेसम्म चल्ने श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को तयारी पूरा भएको छ।

बुधवार दिउसो २ बजे नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी देवराजाचार्य, महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरि लगायतका सनातन वैदिक धर्मधाराका वैष्णव, शैव, शाक्त आदि प्रमुख सन्त- महात्माहरूको उपस्थितिमा महोत्सवको उद्घाटन हुने मूल समितिका संयोजक कमलनयन कंडेलले जानकारी दिनुभयो।

उद्घाटन हुनुअघि बिहान १०ः३० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक , जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्राको कार्यक्रम रहेको मूल समितिका सचिव डा. गोपीनाथ कंडेलले बताउनुभयो। महोत्सव सम्पन्न गर्न करिब ९० लाख अनुमानित रकम लाग्न सक्ने कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभयो।

महोत्सवमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायण हुने कार्यक्रम रहेको छ। महोत्सव रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामी’को प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ।

यसैबिच महोत्सवको पूर्व सन्ध्यामा हजारौं भक्तजनहरूको सहभागितामा आज मोटर साइकल तथा गाडी र्याली सम्पन्न भएको छ। मन्दिर परिसरबाट सुरु भएको र्यालीले धर्मचोक-त्रिचोक-कटहरचोक – बुद्धचोक- शरद्पुर- गौरीगन्ज- हाकिमचोक-चौबिसकोठी – पिपलचोक- -नवदुर्गाचोक–हरिकीर्तनचोक- अद्वैतचोक-आनन्दचोक-लक्ष्मी मावि – धर्मचोक- अद्वैतचोक- धारापानीचोक- वैकुण्ठचोक हुँदै मन्दिरमा आएर समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार