spot_img

नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी हुँदै

माघ २५, भरतपुर ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शुक्रबार र शनिबार नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी हुँदैछ । बोर्डले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी गराएको हो ।

बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईले चिया सँस्कृतिको विकास गर्ने उद्देश्यले प्रदर्शनी तथा चिया चखाउने कार्यक्रमको आयोजना गरिएको बताए । प्रदर्शनीको उद्घाटन कृषिमन्त्री बेदुराम भुसालले गर्ने छन् ।

प्रदर्शनीको सहआयोजकमा उद्योग वाणिज्य संघ चितवन र प्रवर्ध्दकमा भरतपुर महानगरपालिका छन् । यसअघि बुटवलमा आयोजना गरिएको प्रदर्शनी यसपटक नारायणगढमा राखिएको भट्टराईले जानकारी दिए ।

चिया तथा कफी विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा नेपालमा करिब चार अर्ब रूपैयाँ बराबरको १६ हजार ६ सय मेट्रिक टन चिया निर्यात भएको थियो । नेपालमा उत्पादित चियामध्ये आधाले स्वदेशी माग धानेको छ भने आधा निर्यात हुँदै आएको छ ।

दक्षिण एसियाली देशमध्ये नेपालमा प्रतिव्यक्ति वार्षिक तीन सय ग्राम चिया उपभोग गरिन्छ । भारतमा प्रतिव्यक्ति वार्षिक ६ सय ग्राम र पाकिस्तानमा एक किलोग्राम चिया उपभोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार