spot_img

Wednesday, September 11, 2024

गैँडाकोट इङ्गलिस स्कूलले आयोजना गरेको शिक्षक अभिभावक र विद्यार्थीका लागि ५ किलोमिटरको मिनि म्याराथन सम्पन्न

माघ २३,गैँडाकोट । गैँडाकोट इङ्गलिस स्कूलले सप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तरगत मंगलबार शिक्षक अभिभावक र विद्यार्थीका लागि ५ किलोमिटरको मिनि म्याराथन आयोजना गरेको छ । मंगलबार भएको म्याराथनमा बिद्यार्थी, शिक्षक, अभिभावकले सहभागिता जनाएका थिए ।

पुरुष अभिभावकतर्फको म्याराथुनमा बद्रि विक्रान्त मगर प्रथम हुनुभएको छ । दोस्रो स्थान विष्णु कुवँरले हात पार्नुभएको छ भने तेस्रो स्थान गोविन्द सापकोटाले हात पार्नुभएको छ । त्यसैगरी महिला अभिभावकतर्फ लक्षु पोख्रेल प्रथम हुनुभएको छ । दोस्रो स्थान निर्मला घिमिरेले हात पार्नुभएको छ । त्यस्तै मेलीना अर्यालले तेस्रो स्थान हात पार्नुभएको छ ।

 

कक्षा ११ र १२ का विद्यार्थीको छात्र म्याराथनमा अनुराज रायमाझी प्रथम हुनुभएको छ । अर्जुन वि.के दोस्रो र यमराज सुनारले तेस्रो स्थान हात पार्नुभएको छ ।

त्यस्तै छात्रा म्याराथनतर्फ आहाना श्रेष्ठले प्रथम स्थान सिता अधिकारीले दोस्रो र सुधा गुप्ताले तेस्रो स्थान हात पार्नुभयो ।

हाउसतर्फ एल्लो हाउसका दिपेश पौडेल प्रथम, बुलु हाउसका दर्शन मिश्र दोस्रो र बुलु हाउसकै सिदार्थ पोख्रेल तेस्रो हुनुभयो । छात्रातर्फ तेजस्वी पन्तले पहिलो स्थान, रुवीना आचार्यले दोस्रो स्थान र प्रशंसा विकेले तेस्रो स्थान हात पार्नुभएको छ ।

 

शिक्षक म्याराथनतर्फ हिरालाल अर्यालले पहिलो स्थान हात पार्नुभएको छ । यज्ञ सापकोटाले दोस्रो स्थान हात पार्नुभएको छ भने तेस्रो स्थान परम खरेलले हात पार्नुभएको छ । शिक्षिका तर्फ रेजिना घर्ती मगर प्रथम हुनुभएको छ ।

५ किलोमिटरको म्याराथनमा केजीमा पढ्ने प्रकोल अधिकारी पुरा दुरी पार गर्ने सबैभन्दा कलिलो उमेरको धावक घोषित हुनुभएको विद्यालयका शिक्षक जीवन दवाडीले जानकारी दिनुभयो ।

त्यस्तै २४ गते विद्यालयले अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गरेको छ । जसमा नवलपुर र चितवन जिल्लाका गरी ३२ वटा विद्यालयले सहभागिता जनाउने छन् ।

प्रतियोगिता २४ र २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार र दोस्रो पुरस्कार १० हजार रहेको शिक्षक दवाडीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार