spot_img

जनक नमुना मा वि ले गर्यो साप्ताहिक कार्यक्रमकाे भब्य उद्घाटन

माघ २३, गैँडाकोट (एच डि पंगेनी )  गैंडाकाेटकाे जनक नमुना माध्यमिक विद्यालयमा मंगलबारबाट आफ्नो बार्षिक उत्सव केन्द्रीत कार्यक्रमहरुकाे भब्य रुपमा सुरुवात गरेकाे छ ।

साप्ताहिक रुपमा सञ्चालन हुने बाह्यिय तथा आन्तरिक रुपमा सञ्चालन हुने खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरुकाे एक कार्यक्रमका बिच उद्घाटन भएकाे छ । विद्यालयले आफ्नाे ६५ औ बार्षिकाेत्सब कार्यक्रमकाे पावन अवसरमा खेलकुद लगायत अतिरिक्त कार्यक्रमहरुकाे उद्घाटन गरिएकाे शिक्षक नारायण शर्मा तिवारीले जानकारी दिनुभएकाे छ ।

विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा ले अभिभावकलाई विद्यालयकाे कार्यक्रमकाे बारेमा सन्देश दिने उद्येश्यले विद्यालयकाे नाम र कार्यक्रम अंकित ब्यानर सहित आकाशमा बेलुन उडाएर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे । यसैबिच विद्यालयकाे ६५ औ वार्षिक उत्सब एवम् अभिभावक दिवसकाे अवसरमा यस अघि नै अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियाेगिता सम्पन्न गरेकाे छ भने अन्य खेलहरु पनि सम्पन्न गरिसकेकाे अतिरिक्त कृयाकलाप प्रमुख नरेन्द्र कमालले जानकारि दिनुभयाे ।

आफ्नो६५ औ बार्षिक उत्सब कार्यक्रमलाई भब्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरेकाे र बार्षिक उत्सबकाे मुल समाराेह यहि २७ गते भब्यरुपमा गर्ने तयारि गरिएकाे पनि विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले बताउनु भयाे । बिद्यालय परिषरलाई सजाउने र बिद्यार्थीहरुकाे प्रतिभालाई देखाउने कार्यक्रम समेत रहेकाे प्रधानाध्यापक शर्माले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार