spot_img

Sunday, July 14, 2024

भारत साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

माघ २३, काठमाडौँ, । भारत बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलबार भारतले नेपाललाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गर्नुभयो । भारतले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । नेपाल र भुटान बाहिरिएका छन् । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई १–० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार